Logo

अर्थ

कारकै बराबर रहेकाे २०० सिसिको मोटरसाइकलको अन्तशुल्क समायोजन गरिएकाे छ : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आम नागरिकले चढ्ने २०० सिसिको मोटरसाइकलको अन्तशुल्क र २००० सिसिका कारको अन्तशुल्क एउटै भएकाले त्यसलाई समायोजन गरिएको बताएका छन् ।

बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले आम नागरिकले चढ्ने मोटरसाइकलको अन्तशुल्क दर र्‍यास्नलाइज गरिएको बताए ।

‘आर्थिक वर्ष २०७७/७८ मा २०० सिसि भन्दा बढि क्षमताका ३ अर्ब ६१ करोड मूल्यका २४ हजार ३०५ थान मोटरसाईकल पैठारी भई ३ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख सम्म ६२ करोड मूल्यका ३ हजार ६४८ थान मात्र पैठारी भई सो बाट ८५ करोड राजस्व प्राप्त भएको देखिन्छ’, उनले भने ‘गत वर्षको तुलनामा संख्यात्मक रुपमा ६६० प्रतिशत, मूल्यगत रुपमा करिब ५८० प्रतिशत र राजस्व संकलनमा करिब ४९० प्रतिशतले कमि आएको देखियो।’

‘गत आर्थिक वर्षमा २०० सिसि भन्दा माथिका मोटरसाइकलमा लाग्ने अन्त:शुल्क मात्र बढेको र अन्त:शुल्कको दर २००० सिसिसम्मका चारपाङ्ग्रे सवारी साधनको भन्दा बढि रहेको देखिएकोले आमनागरिकको आवश्यकताको साधन मोटरसाईकलको अन्त:शुल्क दर अन्य सवारी साधनको महसुल दरको तुलनामा Rationalized गर्न दर समायोजन गरिएको हो’, डा. महतले भने ।

त्यस्तै २०० सिसि देखि ४०० सिसिका मोटरसाईकलको समूह भित्र कुनै एक निश्चित कम्पनी र घरनाले आयात गर्ने निश्चित ब्राण्डका मोटरसाईकल मात्र नपरि १ दर्जन भन्दा बढी कम्पनीले आयात गर्ने १ दर्जन भन्दा बढि ब्राण्डका करिब ३ दर्जन मोडलका मोटरसाईकल पर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १५:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।