काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई सामान्य तारिखमा रिहा गर्न माग गरिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सोमबार भएको बहसमा शंकाको भरमा मुद्दा चलाइएको भन्दै पाण्डेलाई शर्त राखेर छाड्न माग गरेका हुन् ।
अरु आरोपितहरुले बयानका क्रममा टेकनारायणले कागजात फेरबदल गर्नसक्छ भनेर नाम पोलेको भरमा मुद्दा चलेको भन्दै पूर्व महान्यायाधिवक्तासमेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले शंकाको भरमा कसैलाई पनि थुन्न नहुने बताए । उनले भने, ‘ऊ गृहसचिव भइहालेछ, उसलाई थाह नभएको पनि केही कुरा हुन्छ र भनेझै गरी मुद्दा चलाइयो । शंका लागेको कुरा पनि प्रमाण हुन्छ र ?’
सरकारको सचिव भइसकेको व्यक्ति भागेर जाने वा प्रमाण लोप गर्ने अवस्था नहुने भन्दै उनले धरौटी मागे हुने बताए । ‘मान्छे मारेको केस होइन, केही होइन’ श्रेष्ठले भने, ‘थुना र धरौटी पनि होइन, अझ बोलाएको बखत आउने गरी छाड्ने आदेश गरे हुन्छ ।’




















प्रतिक्रिया