Logo

प्रमुख समाचार

प्रचण्डलाई भेटेपछि फेरियो माधव नेपालको बोली



नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको बोली फेरिएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नु अघिसम्म सरकार ढाल्ने चेतावनी दिएका अध्यक्ष नेपालले प्रचण्डसँगको भेटपछि भने बोली नै फेरेका हुन् ।

आइतबारसम्म सरकारले ल्याएको आगामी बजेटमा असन्तृष्टि हुँदै सरकार ढाल्नेसम्म चेतावनी दिँदै आएका र फेरि नेकपा ब्युताउनुपर्ने बताइरहेका नेपालले सोमबार काठमाडौंमा आयोजितक एक कार्यक्रममा बोली फेर्दै अहिलेका सत्ताधारी शक्तिहरू एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प नभएको बताएका छन् ।

उनले भने, ‘अहिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो। यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यक्ता छैन । कमी कमजोरी हुन्छन्, आलोचना गर्नेपनि हो । कमजोरीप्रति आँखा चिम्लिने पनि होइन । त्यसमा बग्ने, समर्थन गर्नेपनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरु एकतावद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्न चाहने शक्ति रहेको उनले दाबी गरे ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार ०७:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।