Logo

अर्थ

शारीरिक सुगठन महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बसेको महासंघको पहिलो साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।

नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्वीकृत विधान बमोजिम राजेश उपाध्याय उपाध्यक्षमा निर्वाचित गर्नका साथै ७ जना सदस्य मनोनयन गरिएको छ । निर्वाचित हुनेहरुमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ,
देविका राई रहेका छन् ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी निर्वाचित भएका छन् । महासंघको सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।

यसैगरी वाग्मतीको संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनीको संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकीको संयोजकमा ओकील(शंकर) मान तुलाधर उदास र कर्णालीको संयोजकमा रमेशकुमार केसी चुनिएका छन् । महासंघको हाल ४ प्रदेश संघ र ३० जिल्ला संघ भइसकेको र कार्यसमितिको पदावधि ४ वर्षको रहने जनाइएको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १२:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।