Logo

राजनीति

जनयुद्धमा बालसैनिक प्रयोगविरुद्धकाे मुद्दा : प्रधानमन्त्री प्रचण्डको नाममा कारण देखाउ आदेश जारी



काठमाडौं । जनयुद्धमा बालसैनिक प्रयोग गरेको भन्दै नेकपा माओवादी केन्द्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ ।

अन्तर्राष्ट्रिय मानवअघिकार कानुनविपरीत बालबालिकालाई सैनिकको रुपमा प्रयोग गरिएको भन्दै लेनिन बिष्टलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सुरुमा दरपीठ भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको आदेशपछि जेठ २६ गते शुक्रबार दर्ता भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १८:३३   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।