Logo

राजनीति

नागरिकता माग गर्दै माइतीघरमा एक युवकद्वारा आत्मदाह प्रयास



काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको बेलामोरङ कटहरीका निरजकुमार कामतले आत्मदाहको प्रयास गरेका हुन् ।

उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । रिजालका अनुसार हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार २०:०७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।