Logo

प्रमुख समाचार

भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छोड्छौं : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिविरुद्ध सम्झौता गर्नुपरे सरकार छाड्ने बताएका छन् ।

प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले सरकार आफ्ना लागि ठूलो कुरा नभएको भन्दै गलत सम्झौता नगर्ने बताए ।

‘भ्रष्टाचारकाविरूद्ध हामीले कडा कदम चाल्दै गएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ‘तपाईंहरू ढुक्क के हुनूस् भने, त्यहाँ कहीँ कतै नरम हुने, यताउता गर्ने भन्ने छैन बरू सरकार गए जान्छ भन्नेसम्म सोचिएको छ।’ उनले भने ‘यो विषयमा गलत सम्झौता गर्नुभन्दा बरु सरकार छोड्नु र जनतामा जानु बढी लाभदायक छ भन्ने मेरो बुझाइमा ।’

पछिल्लो पटक सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा भएको भ्रष्टाचारविरुद्ध चालेको कदम र आफ्नो भारत भ्रमणको क्रममा भएका सहमति-सम्झौता ऐतिहासिक भएको प्रचण्डले बताएका छन् ।

 

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १०:३२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।