काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई)बीच चार वर्षका लागि द्विपक्षीय श्रम समझदारी नवीकरण गर्ने सहमति भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको संयुक्त बैठकमा बुधबार वनीकरणको सहमति भएको हो ।
नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए भने यूएई सरकारका तर्फबाट असिस्टेन्ट अन्डर सेक्रेटरी अब्दुल्लाह अल्नुअमीले गरेका थिए ।
बुधबारको बैठकमा नेपालले यअसघि १४ जुन २०१९ मा भएको समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको यिो ।
नेपालले द्विपक्षीय समझदारीको पुनरवलोकन हुनुपर्ने, नेपाली श्रमिकहरूलाई यूएईमा न्यूनतम तलवको सुनिश्चितता गर्नुपर्ने, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखबद्ध रूपमा यूएईमा रहेका नेपाली श्रमिकहरूलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरण गर्नुपर्ने र नेपाली श्रमिकहरूको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य गर्नुपर्ने विषय उठएको थियो ।
नेपाल सरकारको तर्फबाट राखिएको विषयलाई सम्बोधन गर्न यूएई सरकार सकारात्मक रहेको अल्नुअमीले बताएका थिए । उनले नेपालबाट घरेलु कामदार लैजान यूएई इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन आग्रह पनि गरेका थिए ।




















प्रतिक्रिया