Logo

बिजनेस

राजधानी दैनिक पत्रिकामा देखिएको किचलो चाँडो टुङ्ग्याएर तत्काल पत्रिका प्रकाशन गर्न माग



काठमाडौँ । पत्रकारहरुले राजधानी दैनिक पत्रिकाको व्यवस्थापन मिलाएर पत्रिका प्रकाशन गर्न माग गरेका छन् ।

राजधानी न्युज पब्लिकेसन प्रालिद्वारा प्रकाशित राजधानी दैनिक पत्रिका विगत केही हप्तादेखि प्रकाशन हुन सकेको छैन । विभिन्न कारण देखाएर राजधानी दैनिक पत्रिकाले कार्यरत कर्मचारीहरुलाई पनि तलब सुविधा दिन नसकेको भन्दै विभिन्न चरणमा बार्तासमेत भएका छन् ।

अहिले पत्रिका बन्द भएको र तलब पनि नपाएको भन्दै नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले पत्रिका बन्द गरेर पत्रकार र कर्मचारीलाई राजीनामा दिन बाध्य पारिएको भन्दै ध्यानाकर्षण पत्र जारी गरेको हो ।

राजधानी दैनिक पत्रिका गएको जेठ २६ गतेदेखि पूर्ण रुपमा प्रकाशन बन्द रहेको छ । पत्रिका छपाईका लागि कागज किन्ने विषयमा सञ्चालकहरुबीच विवाद भएपछि पत्रिका प्रकाशन नभएको बताइएको छ ।

गएको २३ वर्षदेखि प्रकाशन हुँदै आएको राजधानी दैनिक पत्रिका बन्द भएको विषयमा सामान्य सूचनासमेत प्रकाशन नगरी पाठकको सूचना पाउने हकको हनन भएको भन्दै आपत्ति पनि जनाइएको छ । प्रतिष्ठानले व्यवस्थापनमा देखिएको किचलो चाँडोभन्दा चाँडो टुङ्ग्याएर तत्काल पत्रिका प्रकाशन सुचारु गर्न र नियमित तलब उपलब्ध गराउन माग गरिएको छ ।

प्रकाशित मिति : असार १, २०८० शुक्रबार  ३ : ४५ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।