काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको यात्रामा घण्टी बजाएर ऐक्यवद्धता जनाएको छ । रास्वपाको स्थापना दिवसका दिन असार ७ गते साँझ ७ बजेट ७७ जिल्लामा ७७ पटक घण्टी बजाएर आफूहरुको यात्रालाई साथ दिन सभापति रवि लामिछानेले आग्रह गरेका छन् ।
गत वर्ष आज कै दिनबाट संचारकर्म छोडेर राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका रास्वपा सभापति लामिछानेले यसै अवसरमा यस्तो आग्रह गरेका हुन् । उनले घण्टी बनाएको भिडियो सामाजिक संजालमा ह्यासट्याग बज्यो घण्टी ह्यासट्याग अब दुईतिहाई राखेर पोस्ट गर्न पनि भनेका छन् ।
सभापति लामिछानेले भनेका छन्, ‘असार ७ गते रास्वपा स्थापना दिवस का दिन साँझ ७ बजे हामीसँगै ७ प्रदेश अनि ७७ जिल्लामा एकसाथ ७७ पटक घन्टी बजाएर यो यात्रामा ऐक्यबद्धता जनाउनुहोस्।घण्टी बजाएको भिडियो सामाजिक सञ्जालमा #bajyoghanti ,#abaduitihai राखेर पोस्ट पनि गर्नु हुन हार्दिक अनुरोध गर्दछु।’
साथै लामिछानेले आफू अब न्युजरुम नफर्के पनि देशको न्युजरुम कमजोर बन्न नहुनेमा जोड दिएका छन् । न्युजरुम बिक्न र डराउन नहुनेमा बताएका छन् । उनले भनेका छन्, ‘गत वर्ष आज कै दिन बाट मैले संचारकर्म छोडेर राजनीतिक यात्रा शुरु गर्ने घोषणा गरेको हुँ। म सायद अब न्युज रुममा नफर्कुला तर यो देशको न्युजरुम कमजोर बनेको यताबाट देख्न नपरोस्। स्व. स्याबासी मा रमाएका ओपेनियन मेकर्स बाट इत्तीपनि नतर्सीकन न्युज रुमलाई जोगाउनु होला। लेख्दालेक्दैको समाचार रोक्नु परेको र नचाहिने समचारको भारी बोक्नु परेको पीडा मनमा बोकेका साथीहरु हो, न्युज रुम जोगाउनु होला। न्युजरुम नबिकोस्,नडाराओस्। कमजोर न्युज रुम लोकतन्त्रका लागि खताराको घण्टी हो। राज्यका तिनै अंगहरुको स्क्रुउ (पेच) हल्लिसकेको छ,चौथो अंगले कसोस्। केही वर्ष सेवा गरेको पेशा प्रती यति चिन्ता गर्ने हक दिनु होला ।




















प्रतिक्रिया