Logo

कोशी प्रदेश

ताप्लेजुङमा पहिरोमा परेर एकै परिवारका ३ सहित चारजना बेपत्ता



ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिकामा-६ मेहेलेमा पहिरोमा परि एकै घरका ३ जना सहित ४ जना बेपत्ता भएका छन् ।

घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाक्षेत्रीकी श्रीमती भगीमाया बुढाक्षेत्री, उनकी बुहारी सन्ध्या बुढाक्षेत्री र नाती प्रज्वाल बुढाथोकी बेपत्ता भएको मेहेलेबाट जिल्ला समन्वय सदस्य कला कडरियाले जानकारी दिए।

सोही पहिरोमा परि हर्कबहादुर तामाङको छोरा गणेश तामाङ पनि हराएको कडरीयाले बताए । स्थानीय बासीहरु घटनास्थालमा पुगेका छन् भने प्रहरी प्रशासन घटनास्थल पुग्दै छ ।अहिले पनि यहाँ अविरल वर्षा भइरहेको छ ।

उता, जिल्लाको दोश्रो ठूलो बजार दोभानमा ५ घर जोखिममा रहेको स्थानीय जयप्रसद भङराईले बताए । मैवाखोलामा आएको भीषण बाढीले बजार जोखिममा रहेको भट्टराईले बताए । जिल्लाका ९ स्थानीय तह मध्ये धरै गाउँपालिकाको केन्द्रमा जाने सडक क्षती भएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार ०८:३७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।