Logo

अर्थ

लक्ष्मी बैंकको विशेष साधारणसभाबाट सनराइजसँगको मर्जर प्रक्रिया स्वीकृत



काठमाडौं । लक्ष्मी बैंकको विशेष साधारणसभाले सनराइज बैंकसँगको मर्जर प्रक्रिया स्वीकृत गरेको छ। सभाले लक्ष्मी बैंक र सन्राइज बैंकबीच १:१ को सेयर अनुपातमा मर्जर हुने विशेष प्रस्ताव पारित गरेको हो ।

सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पूँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धतपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १७:०१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।