काठमाडौं । काठमाडौं माहानरपालिकाका मेयर बालेन साहको वाहवाही गर्नेको अहिले कमी छैन । छिमेकी मुलुक भारतको मिचाहा र हेपाहा प्रवृत्तिविरुद्ध खह्रो रुपमा उत्रिएका मेयर साह अहिले चर्चाको केन्द्र बनेका छन् ।
भारतले नेपाली भूमिसमेतलाई समेटेर अखण्ड भारतको नक्सा आफ्नो तयाँ संसद भवनमा राखेपछि त्यसलाई ‘काउन्टर’ दिँदै कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्नुका साथै ‘सीता भारती छोरी हुन्’ भन्ने सन्देश बोकेको भारतीय चलचित्र आदीपुरुषलाई हलमा प्रतिबन्ध लगाएयता मेयर साहको चर्चा थप चुलिएको छ ।
जनस्तरबाट उनको यो दकमको प्रशंसा भइरहेको बेला मेयर साहले अरु चुप लागेपछि आफू बोलेको भाव प्रकट गर्दै कविता लेखेका छन् ।
यस्तो छ मेयर साहको कविता:–
जब देशमा सबै मरेका हुन्छन ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभैई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।




















प्रतिक्रिया