Logo

अर्थ

१० महिनामा १४ फाइनान्स कम्पनी गए खुद नाफामा,कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्ष २०७९/ ८० को १० महिनाको अवधिमा १७ वटा फाइनान्स कम्पनी मध्ये १४ वटा कम्पनी खुद नाफामा छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ साउनदेखि २०८० चैतसम्मको अवधिमा ३ वटा फाइनान्स कम्पनी खुद नोक्सानीमा रहेका छन् ।

यस अवधिमा क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको खुद नाफा सबैभन्दा धेरै ४७ करोड ५२ लाख रहेको छ । त्यस्तै मन्जुश्री फाइनान्सको खुद नाफा १२ करोड ४१ लाख रहेको छ । त्यस्तै गोर्खाज फाइनान्सको खुद नाफा १० करोड ५३ लाख, तथा आईसीएफसी फाइनान्सको खुद नाफा ९ करोड ७५ लाख रहेको छ ।

यस अवधिमा रिलायन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, र समृद्धि फाइनान्स खुद नोक्सानीमा छन् । जस मध्ये समृद्धि फाइनान्सको खुद नोक्सानी १९ करोड ८१ लाख रहेको छ। यो अपरिस्कृत विवरण भएकोले कम्पनीहरुको अन्तिम खुद नाफा भने फरक पर्न सक्ने छ ।

फाइनान्स कम्पनीहरुको नाफाको सूचि-

 

 

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १२:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।