काठमाडौं । शुक्रवार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अधिकांश सांसदहरुले रासायनिक मलको आपूर्ति सहज हुन नसक्नुको कारण के हो भनेर प्रश्न गरेका छन् । जनमत पार्टीका सांसद अब्दुल खान, नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसी लगायतले मल अभावबारे प्रश्न गरेका थिए ।
उत्तरमा प्रधानमन्त्रीले दाहालले विगतको भन्दा यस पटक मल वितरण सुदृढ भएको दाबी गरेका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने प्रधानमन्त्रीको दाबी छ ।उनका अनुसार हालसम्म रासायनिक मल ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको छ । साथै यो महिनाभित्र कोलकत्ताबाट ४५ हजार मेट्रिकटन भित्रिने भन्दै उनले भने, ‘विगतको जस्तो मल अभाव हुने अवस्था छैन ।’
सांसदहरुले कृषि प्रधान मुलुकमा कृषकहरुले पाएको विविध समस्याबारे प्रश्न गरेका थिए ।सांसदहरुले दूधको गुणस्तर जाँच गर्ने, दूधको समर्थन मूल्य कायम गर्ने दुग्ध विकास बोर्ड किन खारेज गरियो ? लम्कीस्किन रोगका कारण हालसम्म २१ हजार बढी गाइभैंसी मरिसकेका छन्,नियन्त्रणका लागि के प्रयास भैरहेका छन् ? भन्दै प्रश्न गरेका थिए ।
उत्तरमा प्रधानमन्त्रीले दूग्ध विकास बोर्डका कार्यहरु हाल सार्वजनिक खर्चमा परेको चापलाई मध्यनजर गरी खारेज गर्ने निर्णय भएको बताए ।त्यस्तै हाल तराईका चौपायामा देखिएको लम्प्की स्किन रोग नियन्त्रण गर्न पशु सेवा प्राविधिक परिचालन गरिएको छ ।स्थानीय तह र प्रदेशमा काम गर्ने प्राविधिकहरुलाई अनलाइन तालिम दिएर रोग उन्मुलनका लागि विशेष कार्यक्रम शुरु गरिएको जवाफ दिए ।




















प्रतिक्रिया