काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया