Logo

अर्थ

चार सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैँछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला सुन १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार ११:४४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।