Logo

प्रमुख समाचार

जसपाको विधान अधिवेशन आज समापन हुँदै



काठमाडौं । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो ।

आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठेका प्रश्नको अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताले जबाफ दिने कार्यक्रम रहेको छ ।

गत आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमा हिजो १० वटा समूहमा समूहगत छलफल भई धारणा राख्ने क्रम सुरु भएको थियो । उक्त १० वटा समूहबाट समूहगत धारणा राखे पछि अधिवेशनको अन्तिम दिन अध्यक्ष यादवले जवाफ दिएर संसाधनसहित विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

उनका अनुसार प्रस्तावित विधानमा ७० वर्षे उमेर हदको प्रावधान राखिएको जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिको पदाधिकारीमा दुई पटक भन्दा बढी एउटै पदमा बस्न प्रतिबन्ध लगाइएको, एकल नेतृत्वमा फर्किएको, प्रदेश र केन्द्रीय समिति सदस्य हुन कम्तीमा पाँच वर्ष पार्टी सदस्यता लिएको पाँच वर्ष हुनुपर्ने लगायत प्रावधान राखिएको विधान प्रस्तुत भएको छ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १०:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।