Logo

अर्थ

नेपालकाे निगमले तिरेर सक्यो इंडियन आयल कर्पोरेसनको २४ अर्ब ऋण



काठमाडाै‌ । नेपाल आयाल निगमले इंडियन आयल कर्पोरेसन (आइओसी)लाई २४ अर्ब रूपैयाँ ऋण तिरेको छ। करिब १४ महिनापछि निगमले आइओसीलाई तेल किन्दा लागेको ऋण तिरेको हो।

जुन २३ तारिखमा आइओसीलाई ऋण तिरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए।  ‘अब हामी आइओसीबाट ऋण मुक्त भएका छौं,’ उनले भने ‘४५ करोड ब्याज बाँकी छ त्यो पनि जुलाई ८ मा तिरिसक्छौं।’

उनका अनुसार आइओसीलाई तेलको बक्यौताको ब्याज सात प्रतिशतका दरले तिर्नुपर्छ। आइओसीले निगमलाई १५/१५ दिनमा तेलको नयाँ मूल्य सूची पठाउँछ। निगमले तेल किनेको पैसा प्रत्येक महिना ८ र २३ तारिखमा गरी दुई पटक पठाउन पर्छ। तर लामो समय पैसा तिर्न नसक्दा बक्यौता रहेको थियो।

निगमले एक वर्षमा १७ अर्ब रूपैयाँ नाफा कमाएको थियो। उक्त नाफामा मूल्य स्थिरीकरण कोषको साढे तीन अर्ब र सरकारबाट भ्याटबापत फिर्ता आएको साढे तीन अर्ब रूपैयाँ जोडेर इंडियन आयल कर्पोरेसनलाई ऋण तिरेको हो। असारमा थप एक अर्ब नाफा हुने निगमको अनुमान छ।

 

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार २२:२३   :  बजे

456
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।