काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ । देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर सम्पर्क सांसद तोकेको रास्वपाले जनाएको छ ।
‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् ।
चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ,’ रास्वपाले सम्पर्क सांसद तोकेको उल्लेख छ ।
कुन जिल्लाको जिम्मेवारी कसलाई ?
१. श्री रवि लामिछाने ९८५१३६०५५५ सभापति, संसदीय दलको नेता
२. श्री डोल प्रसाद अर्याल ९८५१३३६७७४ बारा, धादिङ, कञ्चनपुर, कैलाली
३. श्री विराजभक्त श्रेष्ठ ९८६७४३७६०८ गुल्मी, दार्चुला, अछाम, पाल्पा
४. श्री सन्तोष परियार ९८५११४५०२२ भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा
५. श्री निशा डाँगी ९८६०१५१२४७ झापा, मोरङ, इलाम, सल्यान
६. श्री मनिष झा ९८५१०७३७७५ धनुषा, रौतहट, रुपन्देही, बझाङ
७. श्री गणेश पराजुली ९८५१०३९५६४ ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा
८. श्री सोबिता गौतम ९८६०६६०८२७ दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट
९. श्री सुमना श्रेष्ठ ९८०१०८३५५२ रसुवा, काठमाडौँ, रुकुम (पूर्व), रुकुम (पश्चिम)
१०. डा. तोसिमा कार्की ९८४३२६७९६० ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर
११. श्री शिशिर खनाल ९८५१२३४५६२ रोल्पा, दाङ, सर्लाही, सप्तरी
१२. श्री हरि ढकाल ९८५११६४१६८ सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर
१३. डा.स्वर्णिम वाग्ले ९८५५०६६१०७ गोरखा, पर्सा, बैतडी, तनहुँ
१४. डा.चन्दा कार्की ९८५१०२६७९३ भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी
१५. श्री असिम शाह ९८५१०९०४९३ काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,
१६. श्री लक्ष्मी तिवारी ९८५८०२३२८० प्युठान, परासी, बर्दिया, बाँके,
१७. श्री अशोक कुमार चौधरी ९८०४३२८००५ धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी
१८. श्री शिव नेपाली ९८५६०४४३७१ लमजुङ, म्याग्दी, पर्वत, कास्की,
१९. श्री बिनिता कठायत ९८४०८४०७४६ जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा
२०. श्री विन्दबासिनी कांसकार ९८४२०९६९४३ स्याङ्जा, बाग्लुङ, मकवानपुर
प्रतिक्रिया