Logo

कोशी प्रदेश

कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउने माओवादीको निर्णय



बिराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ ।

नयाँ सरकार गठनको कसरत सुरु भएसँगै कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

मुख्यमन्त्री हिकमतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएको बताइएको छ ।

कोशी प्रदेशमा माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका छन् ।

साढे ५ महिना अगाडि अर्थात पुस २५ गते गठन भएको कार्की नेतृत्वको सरकार अहिले अल्पमतमा छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय रुपम कसरत गरिरहेका छन्। तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १३:४१   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।