काठमाडौं । ट्याक्सी र ट्यांकर चालकहरुको प्रदर्शनले बालाजु-कलंकी सडक खण्ड ठप्प भएकाे छ । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयको विरोधमा उत्रिएका प्रदर्शनकारीले सडकमा सवारी राेक्दा सवारी आवागमन ठप्प भएकाे हाे ।सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै सडकमा सवारी साधन तेर्स्याइँदा यात्रुहरु निकै समस्यामा परेका छन् । सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शन साँझ पाँच बजेसम्म हुने प्रदर्शनकारीहरुको भनाई छ ।
प्रदर्शनमा उत्रिएकाहरुले २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्ने, आफूहरुका लागि पार्किङको व्यवस्था हुनुपपने, निजी सवारी साधनले भाडाका सवारी साधनले जस्तो सेवा दिन बन्द गरिनुपर्ने लगायतको माग राखेका छन् ।
तस्वीरहरू
प्रतिक्रिया