पोखरा । पोखरामा अन्तर प्रदेश मुख्यमन्त्री भेला सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा आजदेखि पोखरामा मुख्यमन्त्रीहरुको भेला सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेलाको उद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने भेलामा संघीयता कार्यान्वयनका समस्या र समाधानका उपायबारे मुख्यमन्त्रीहरुले छलफल गरेर प्रधानमन्त्रीसमक्ष पेश गर्नेछन् ।
संघले कानुन नबनाइदिएका कारण प्रहरी समायोजन, प्रहरी परिचालनमा समस्या देखिएको छ । जग्गा प्राप्तिको समस्यादेखि कर्मचारी सरुवासम्म प्रदेशले दुख खेपिरहेको पाण्डेले कार्यक्रममा बताए ।
प्रदेशको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीहरुको भेलाले सहयोग पुग्ने पाण्डेले बताए । संघीय सरकारले नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
भेलामा कोशी प्रदेशबाहेकका मुख्यमन्त्रीहरु सहभागी छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् ।




















प्रतिक्रिया