Logo

अन्तर्राष्ट्रिय

चिनियाँ कम्युनिष्ट पार्टीका सदस्य झण्डै दश कराेड



एजेन्सी । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का सदस्यहरू ९ करोड ८४ लाख पुगेका छन् ।

सन् २०२२ को अन्त्यसम्ममा पार्टीका सदस्यहरू करिब १० करोडको हारहारीमा पुगेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सङ्गठन विभागले शुक्रबार गरेको घोषणा अनुसार यसका सदस्य ९ करोड ८४ लाख पुगेको उल्लेख छ ।

जुलाई १ मा चिनिया कम्यनिष्ट पार्टीको १०२ औं स्थापना दिवसको पूर्व सन्ध्यामा सो जानकारी दिइएको हो । तथ्याङ्क अनुसार सन् २०२१ देखि यो संख्या लगभग १.३३ मिलियन अथवा १.४ प्रतिशतले बढेको पाइएको छ ।

प्रकाशित मिति : असार १५, २०८० शुक्रबार  २ : ०८ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।