Logo

प्रमुख समाचार

गोलञ्जोरका एक वडा अध्यक्षमाथि पक्राउ पूर्जी जारी



सिन्धुली– गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दौलत कार्कीमाथि अभद्र व्यवहार गरेको कसुरमा पक्राउ पूर्जी जारी भएको छ । वडाध्यक्ष विरुद्ध जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पक्राउ पुर्जी जारी गरेको हो ।

वडाध्यक्ष कार्कीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बिहीबार  गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंभुप्रसाद पौडेलले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका थिए प्रहरीले आजै जाहेरी दर्ता गरी पक्राउ पूर्जी जारी गरेको हो । मुद्धा जिल्ला प्रशासनमा दर्ता भएपछि जिल्ला प्रशासनले शुक्रबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

पक्राउ पुर्जी जारी भएसँगै अनुसन्धानका लागि कानुनी प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता समेत रहेका दाहालले जानकारी दिए ।

मुलुकी अपराध संहिताको दफा ११८ (१) अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनिएको छ ।

अभद्र व्यवहार गरेको ठहरे १ वर्षसम्म कैद, दश हजार जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
बिहीबार गोलन्जोर गाउँपालिकाको गाउँसभापछि घर फर्कने क्रममा वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।

वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेलले मादक पदार्थ सेवन गरेको आरोप लगाएका थिए । अनलाइनपानासँग कुरा गर्दै कार्कीले अधिकृतले मादक पदार्थ प्रयेग गरेको आरोप लगाएका हुन ।

 

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १८:३८   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।