Logo

राजनीति

बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै उनले चीन भ्रमण फलदायी भएको बताए । भ्रमणका क्रममा नेपाल र चीनबीचको सम्बन्ध सुदृढीकरण तथा व्यापार, लगानी र आर्थिक विकासमा सकारात्मक छलफल भएको उनले बताए ।

उनले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताए । उनले चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको बताए ।

‘चीन भ्रमणमा हामीले चीन र नेपालको बीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो,’ उनले भने, ‘नेपाल र चीन सिचुवान बीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् ।’

चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताए । उनले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुंगो लगाउने बताए ।

‘आर्थिक साझेदारी बढाउनेबारे चिनियाँ उपप्रधानमन्त्री र सिचुवान पार्टी कमिटीका सचिवले हामीलाई सकारात्मक विश्वास दिलाउनुभएको छ’, उपप्रधानमन्त्री श्रेष्ठले भने ।  उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति चीन प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : १७ असार २०८०, आईतवार १४:००   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।