Logo

प्रमुख समाचार

कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी काठमाडौँ महानगर आफैँले छनोट गर्ने



काठमाडौँ महानगरपालिकाले निजी विद्यालयले उपलब्ध गराउने कक्षा ११ को छात्रवृत्तिका लागि आफैँ परीक्षा सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८०/०८१ देखि महानगरले आफैँ परी सञ्चालन गरेर सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबसहितलाई छनोटका आधार छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।

विद्यार्थीहरूले योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने छन् ।

काठमाडौँ महानगरका मेयर बालेन साहले महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भएबमोजिम छात्रवृत्तिका लागि परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : असार १७, २०८० आईतबार  १० : ०२ बजे

234
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।