काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री सुदन किरातीले पित पत्रकारिताले समग्र पत्रकारिता जगतको ओज र गरिमा घट्ने धारणा व्यक्त गरेका छन् । नागरिक दैनिकमा भ्रमक समाचार पटक पटक छापिएको भन्दै उनले आफ्नो जीवन गुजाराको लागि पित पत्रकारिता नगर्न आग्रह गरेका छन् ।
आज (सोमबार)को नागरिक दैनिकमा मन्त्री किरातीको नाम जोडेर ‘नाट्य प्रतिष्ठानको १५ रोप्पणी जग्गा हडप्ने तयारी’ शीर्षकको समाचार प्रकाशित भएको थियो । समाजिथक संजालमा उनले लेखेका छन्, ‘नागरिक दैनिकमा पटक पटक छापिएको भ्रामक समाचारप्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । आफ्नो जीवन गुजाराको लागि पित पत्रकारिता गरेर समग्र पत्रकारिता जगत् प्रतिको ओज र गरिमा नघटाउन आग्रह गर्दछु ।’
साथै यस विषयमा आफूलाई केही थाहा नभएको स्पष्ट पारेका छन् ।




















प्रतिक्रिया