Logo

अर्थ

सुनको मूल्य सामान्य घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ओरालो लागेको छ ।

आज प्रतितोला छापावाला सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

हिजो आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १२:०५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।