Logo

अर्थ

प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार र नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सम्झौता भएको छ। यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सिर्जना हुने बैकले विश्वास लिएको छ ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज बस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो ।

उक्त सम्झौताअनुरुप बैंकले वन्डर्स नेपाल परिसरमा एटीएम, क्यूआर कोड, पोस मेसिनलगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ ।

सम्पूर्ण सर्वसाधारण तथा ग्राहकले वन्डर्स नेपालअन्तर्गत काठमाण्डौको कमलादीस्थित स्काई वाक भ्यु टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै बैंकबाट प्रदान गरिने बैंकिङ सेवाको सुविधासमेत लिन सक्नेछन् ।

यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १३:२४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।