Logo

प्रमुख समाचार

ललिता निवास प्रकरण : थप दुई जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेको संख्या ९ पुग्यो



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई आज (सोमबार) पक्राउ गरेको हो ।

तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरिएकाे ब्यूरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए । पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

यसअघि आइतबार पनि ब्यूरोले तीन जनालाई पक्राउ गरेको थियो । साेमबार समातिएका दुईसहित ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेकाे संख्या  ९ पुगेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार १४:५३   :  बजे

432
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।