काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उकालो लागेको छ ।
आज प्रतितोला छापवाला सुन ४०० रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापवाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ ।
हिजो छापवाला सुन प्रतितोला १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो । यो दिन छापवाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया