काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएसँगै हवाई भाडा पनि घटेको हो ।
मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले हवाई भाडा घटेको जनाएको छ । प्राधिकरणका अनुसार आन्तरिक उडानमा न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७५० रुपैयाँसम्म हवाई भाडा कटौती भएको हो ।
यसअघि १५० रुपैयाँ रहेको हवाई इन्धन (आन्तरिक)को मूल्य १३६ रुपैयाँ कायम भएको छ ।
हेर्नुहोस् भाडा सूचीः





















प्रतिक्रिया