Logo

प्रमुख समाचार

मेयर चिरिबाबु महर्जनको आडमा वडा सदस्यको किर्ते, सार्वजनिक बाटो व्यक्तिको कब्जामा (भिडियाे)



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले किर्ते गराई सार्वजनिक बाटो हडप्न सहयोग पु¥याएको पाइएको छ । तत्कालीन ललितपुर नगरपालिका वडा ३ को वडा प्रमुख रहँदा वि.सं. २०४९ साल फागुन ६ गते उनले वडा सदस्यसँग मिलेर बाटो कब्जा गर्न सहयोग पु¥याएको पाइएको हो । ललितपुर महानगरपालिका वडा नं. ४ निवासी उनका छिमेकी दम्पति लक्षुमण महर्जन र सानुमाया महर्जनलाई सरकारको नाममा रहेको बाटोसमेत कब्जा गरी नयाँ घर बनाउन सहयोग पुर्‍याएको तथ्य खुलेको हो ।

ललितपुर ४ स्थित कित्ता नं. ५४० मा नयाँ घर बनाउन साइड प्लान बनाउन लगाउँदा उक्त जग्गाको ट्रेस नक्सामा भएको उत्तरतर्फको चौडा ४७ फिट एक इञ्च भएकोलाई ५३ फिट ६ इञ्च, दक्षिणतर्फको चौडा ५० फिट ५ इञ्च भएकोलाई ५५ फिट ९ इञ्च बनाई पश्चितर्फ रहेको करिब पाँच फिट चौडा भएको बाटो मेटाइएको पाइएको छ । ललितपुर महानगरस्थित वडा नं. ४ को कित्ता नं. २९८ को उक्त बाटोलाई साइड प्लान भित्र राखी महर्जन दम्पत्तिले नक्सा बनाउन लगाएरको र उक्त नक्सा पास वडा नं. ४ बाट गर्नु/गराउनु पर्नेमा नियमविपरीत वडा नं. ३ बाट प्रक्रिया अघि बढाइएको तथ्य खुलेको हो ।

महर्जन दम्पतीकाे कित्ता नं. ५४० हुँदै आएकाे बाटाे कित्ता नं. २९८ लाई हडपिएकाे क्षेत्र

नयाँ घर बनाउन पाउँ भनि नक्सा तथा स्वीकृृति फाराम काठमाडौं उपत्यका नगर विकास योजना कार्यान्वयन समिति ललितपुरमा दरखास्त परी १५ दिनको म्याद बुझाई मुचुल्का गरेको सरजमिनमा तत्कालीन ललितपुर नगरपालिका ३ का वडा प्रमुख चिरिबाबु र सोही वडाका सदस्यले हस्ताक्षर गरेका छन्, जसमा वडा नं. ३ लाई केरमेट गरी ४ बनाई किर्ते गरिएको प्रमाण अनलाइनपाले फेला पारेको छ ।

२०४९ साल फागुन ६ गते सुरुमा चिरिबाबुले नक्सा पासका लागि सिफारिस गरेका छन् । वडा नं. ४ मा महर्जन दम्पत्तिले बनाउन लागेका घरको नक्साका लागि उनले गरेका सिफारिसमा वडा नं. ३ भनेर उल्लेख भने गरिएको छ । चिरिबाबुले यसरी परोक्ष ढंगले महर्जन दम्पत्तिलाई सहयोग पुर्‍याएका छन् ।

तत्कालीन वडा प्रमुख चिरिबाबुकै सिफारिसको बलमा आफ्नो क्षेत्राधिकार बाहिर गएर वडा सदस्यले अर्को सिफारिस गरेका छन् । वडा नं. ३ का ती वडा सदस्यले सोझै वडा नं. ४ ‘ध’को कित्ता नं. ५४० जग्गामा नयाँ घर बनाउन दिने गरी सरजमिनसमेत गरिदिन भनेर सिफारिस गरेका छन् । जब कि यो अधिकार कानुनले कुनै वडा सदस्यलाई दिएको छैन ।

 

३ नं. वडा सदस्यले क्षेत्राधिकार बाहिर गएर नक्सा पासका लागि गरेका सिफारिस

तत्कालीन वडा प्रमुख चिरिबाबुको परोक्ष संलग्नतामा ती वडा सदस्य, नक्सा फाँटका कर्मचारी र महर्जन दम्पत्तिको मिलेमतोमा अनधिकृत तरिकाले नक्सा पास गर्नुका साथै बाटोसमेत हडपिएको स्थानीयको आरोप छ ।

उता अनधिकृत रुपमा नक्सा पास गरी घर बनाएको र बाटो पनि हडपेको आरोप लागेका महर्जन दम्पत्तिका छोरा सुमनले भने यसलाई अस्वीकार गरे ।

अदालतमा मुद्दा

सार्वजनिक बाटो नै कब्जा गरेर व्यक्तिले घरको कम्पाउण्ड बनाएपछि यो विषय अदालतसम्म पुगेको छ । ललितपुर जिल्ला अदालतले यस विवादित विषयलाई निष्कर्षमा पुर्‍याउन सहज हुनेगरी २०७७ चैत १० गते नै घर जग्गा भने रोक्का गरिसकेको छ ।

ललितपुर महानगरपालिका, वडा नं. ४ को कार्यालय, लक्षुमण महर्जन, उनका पत्नी सानुमाया महर्जन, उनीहरुका छोरा सुमन महर्जनलगायतलाई विपक्षी बनाइ मुद्दा दायर भएको छ । ललितपुर महानरपालिका २२ का बुद्धिरत्न शाक्यले दायर गरेका मुद्दामा सार्वजनिक बाटो कब्जा गरी महानगरबासीलाई अन्याय अत्याचार गरेको, सार्वजनिक सम्पदाको संरक्षण तथा सम्वर्द्धन गर्ने दायित्वबाट महानगर पंछिएको दाबी गरिएको छ । साथै नक्सा पास गर्ने क्रममा महानगरपालिकाले कुनै जाँचबुझ नै नगरी नक्सा पास गरी कित्ता नं. ५४० को पश्चिमतर्फ सरकारको नाममा रहेको बाटो कब्जा गर्न सक्नेगरी सानुमायाको नाममा घर नक्सा पास गरीदिएको उजुरीकर्ताको दाबी छ ।

कित्ता नं. २९८ बाटाे नै हाे भन्ने प्रमाण

महानगरले उक्त गल्ती दोहोर्‍याएकोसमेत उजुरीकर्ता शाक्यको दाबी छ । २०४९ सालमा दुई तलाको नक्सा पास गराई निर्माण कार्य गरिसकेपछि पनि पुनः २०६५ असार १७ मा उक्त घरमा तला थपको नक्सा पास गर्दा २०४९ को साइड प्लान फेरबदल गरेको उल्लेख छ । वास्तविक उक्त बाटोलाई कम्पाउण्डभित्र पारी बाटो बन्द गरी गेट राखी पश्चिमतर्फ अर्कै काल्पनिक बाटो तयार पारी बाटोको धार नै परिवर्तन भएको देखाई नक्सा पास गर्न ल्याउँदा पनि महानगरले कुनै जाँचबुझ नगरेको र तला थपकोसमेत नक्सा कानुनविपरीत पास गरिदिएको उजुरीमा उल्लेख छ ।

भिडियाे:–

प्रकाशित मिति : असार १९, २०८० मंगलबार  ९ : ५२ बजे

483
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।