काठमाडौं । चौधरी ग्रुपले सीजी डिजिटलको २३औं शाखा भक्तपुरको गट्ठाघरमा सञ्चालनमा ल्याएको छ । पूर्व मन्त्री महेश बस्नेतले नयाँ शाखाको उद्घाटन गरेका हुन् । सीजी डिजिटलको उक्त शोरुममा एलजी, सीजी,टीसीएल,गोदरेज,सेन्सार्य,मिडिया,बेको,ब्ल्याक प्लस डेकर,केनट, एलिका, पिजन,लगायत ब्राण्डका विभिन्न घरायसी विद्युतीय सामानहरु पाइनेछन् ।



गट्ठाघर चोककोे मूख्य व्यापारिक केन्द्रमा रहेको शोरुममा निःशुल्क पार्किङको पनि व्यवस्था गरिएको छ । दक्ष्य र अनुभवी बिक्रेताहरुबाट शोरुममा पुगेर ती सामानहरुको बारेमा पूर्ण जानकारी लिन सक्नेछन् । शोरुम बिहान १० बजेदेखि बेलुका ७.३० बजेसम्म सञ्चालन हुने कम्पनीको भनाई छ । ओपनिङको विशेष छुट अन्तर्गत शोरुमबाट सामान खरिद गर्दा ० प्रतिशत किस्ताबन्दीको सुविधा,फ्री गिफ्टहरुको साथै एक्स्चेन्जको अफर पनि राखिएको छ ।

काठमाडौं बाहिर इटहरी,हेटौंडा,भरतपुर,विराटनगर र पोखरामा शोरुम सञ्चालनमा ल्याइसकेको कम्पनीले देशका अन्य स्थानमा पनि शाखा बिस्तार गर्ने जनाएको छ ।

























प्रतिक्रिया