काठमाडौं । नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । कांग्रेसले २७ असारमा बैठक बोलाएको हो ।
बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो लगाएका हुन् ।
कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो । कांग्रेसका एक पदाधिकारीका अनुसार असार २७ देखि केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक करिब एक सातासम्म चल्ने बताइएको छ ।
विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ । कांग्रेसले क्रियाशील सदस्यता वितरणका लागि जिल्लामा फारमसमेत पठाइसकेको छ ।
प्रतिक्रिया