Logo

राजनीति

विद्यार्थी आन्दोलनकाे नव प्रारूप छिट्टै प्रस्तुत हुन्छ: अध्यक्ष शेर्पा



काठमाडौं । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी आन्दोलनकाे नव प्रारूप छिट्टै प्रस्तुत गर्ने बताएका छन् ।

विद्यार्थी आन्दोलनकाे परम्परागत कार्यशैली रूपान्तरण नहुँँदा विद्यार्थी राजनीतिमाथि प्रश्न उठेकाे भन्दै शेर्पाले अब नव प्रारूप प्रस्तुत गर्ने बताएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले विश्वविद्यालयमा राजनीतिकाे झाेला बाेक्न नहुने बताएपछि अहिले विद्यार्थी राजनीतिकाे ओैचित्यमाथि बहस सुरू भएकाे छ ।

अध्यक्ष शेर्पाले १४ वर्षपछि स्ववियु निर्वाचन सम्पन्न भएकाे भन्दै अब स्ववियुले विद्यार्थी राजनीतिकाे ओैचित्य पुष्टि गर्नुपर्ने अवस्था आएकाे बताएका छन् ।

‘विद्यार्थी राजनीतिकाे महत्व देशभरका स्ववियु आफ्नो कार्यमार्फत देखाउनैपर्छ, त्यसका साथै विद्यार्थी आन्दोलनकाे नव प्रारूप पनि सबै माझ छिट्टै प्रस्तुत हुनेछ, अहिलेलाई यतिनै, थप नेविसंघ केन्द्रीय कार्यसमिति आएपछि’, शेर्पाले बताए ।

प्रकाशित मिति : असार २०, २०८० बुधबार  २ : ३४ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।