काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा जवाफ नभई राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले देशको स्वाभिमान र स्वाधीनताविपरीतको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभई राजीनामा चाहिएको प्रष्ट्याए ।
बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘राष्ट्रिय स्वाभिमान र स्वाधीनता गिराउने खालको अस्वभनीय र आपत्तिजनक रह्यो । र हामीलाई उहाँको जवाफ होइन, अब राजीनामा चाहियो । उहाँबाट राह्रै भएन ।’
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।
प्रतिक्रिया