Logo

राजनीति

बाबुराम र हिसिलालाई पनि कोरोना पोजेटिभ



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । भट्टराई सहित उनकी पत्नी तथा पूर्वमन्त्री हिसला यमीलाई समेत संक्रमण भएको हो । 

नेता भट्टराईले ट्विटर मार्फत यो कुराको जानकारी गराएका छन् । भट्टराईले ट्विट गरे अनुसार कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो । भट्टराई दम्पत्ती हाल उनीहरु होम आईसोलेसनमा छन् ।

चिकित्सकहरूको सल्लाह बमोजिम आफूहरु होम आइसोलेसनमा नै रहेको  उल्लेख गरेका छन् । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छु उनले लेखेका छन् ।

भट्टराईको ट्विट :

Baburam Bhattarai.JPG

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार १०:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।