Logo

प्रमुख समाचार

सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष



काठमाडौं । सत्ता गठबन्धनको बैठकले विवादित अभिव्यक्तिकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकमा प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका नेता हितराज पाण्डेका अनुुसार यसबारे अब प्रधानमन्त्री प्रचण्डले सदनमा स्पष्ट पार्ने छन् । वास्तविक कुरा के हो भन्ने नै नआई सदन अवरुद्ध गर्नु रहस्यमय भएको पनि उनले बताए । बैठकले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेको छ ।

‘उहाँले के भन्नुभएको भन्ने कुरा संसदमा राख्नुहुन्छ । त्यो एउटा भावनात्मक विषयवस्तु, कहीँ अर्कै प्रसङ्गमा, व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पुरानो कुरा ल्याएर सदन अवरुद्ध र प्रधानमन्त्रीको राजीनामा मागियो त्यो बेठिक भयो’, पाण्डेले भने ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १२:०६   :  बजे

708
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।