Logo

प्रमुख समाचार

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीलाई मन्त्री किरातीले साेधे दोस्रोपटक स्पष्टीकरण



काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ । यसअघि गत असार ११ गते एक हप्ताको समय दिएर सोधिएको ९ बुँदे स्पष्टीकरणको जवाफ अधिकारीले नदिएपछि मन्त्री किरातीले पुनः ३ दिने स्पष्टीकरण सोधेका छन् ।

महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको, हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको, नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको, हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किरातीले स्पष्टीकरण सोधेका थिए ।

तर, महानिर्देशक अधिकारीले उक्त स्पष्टीकरणको कुनै जवाफ नदिने अडान लिँदै आएका छन् । दोस्रो पटक सोधिएको स्ष्टीकरणको पनि चित्तबुझ्दो जवाफ नदिए कारकाही गर्ने तयारीमा मन्त्री किराती छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १२:५४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।