Logo

राजनीति

कोशी प्रदेश : बहुमत पुर्‍याउन सभामुखलाई राजीनामा गराउने गठबन्धनकाे निर्णय



काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकार गठनका लागि सभामुखसमेतको प्रयोग गरिएको भनेर चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनले सभामुलाई राजीनामा गराउने निर्णय गरेको स्रोतले जानकारी दियो ।

९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक भएकाले राजीनामा गराएरै भएपनि मुख्यमन्त्री दाबी गर्न अवस्थामा गठबन्धन पुगेको हो । सभामुख गौतम गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा ओखलढुङ्गा १ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

साभमुखको राजीनामासँगै माओवादी केन्द्रको १३, कांग्रेसको २९, एकीकृत समाजवादीको ४ र जसपाको १ गरी ४७ सांसदको समर्थनमा कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेका छन् ।

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १६:४५   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।