Logo

कोशी प्रदेश

कोशी प्रदेशमा थापा नेतृत्वको सरकार असंवैधानिक भन्दै एमाले सर्वोच्च अदालतमा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च पुगेको छ । सभामुखको समेत हस्ताक्षर जोडेर सरकारलाई आवश्यक पर्ने बहुमत देखाएर सरकार बनाएपछि एमाले अदालत पुगेकाे हो  ।

नेकपा एमालेले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधानविपरीत भएको एमालेको दाबी छ ।

नेकपा एमालेका नेतासमेत रहेका कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीका तर्फबाट एमाले कोशीका प्रमुख सचेत रेवतीरमण भण्डारी रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

भण्डारीले प्रदेश प्रमुख पर्शुराम खापुङले असंवैधानिकरूपमा उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको जिकिरसहित रिट निवेदनसहित सर्वोच्च अदालत पुगेको बताए । ‘म अहिले सर्वोच्चमा रिट लिएर आएको छु । दर्ताको प्रक्रियामा छ’, भण्डारीले बताए ।

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिकरूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि परमादेश माग्दै रिट निवेदन दिने तयारी भएको बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १४:४७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।