काठमाडौं । भायानेट कम्युनिकेसनले ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ ।
यस अफरअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने सक्नेछन् ।
यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यो अफर ल्याएको भायानेटले बताएको छ ।
यसरी यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।
भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात रहेको कम्पनीको दाबी छ ।




















प्रतिक्रिया