Logo

अर्थ

भायनेटले ल्यायो नवीकरण अफर: वार्षिक सदस्यतामा २ महिना नि:शुल्क!



काठमाडौं । भायानेट कम्युनिकेसनले ग्राहकहरूका लागि नवीकरण अफर ल्याएको छ ।

यस अफरअन्तर्गत भायानेटको कुनै पनि इन्टरनेट प्याकेजको वार्षिक सदस्यता नवीकरण गरेर ग्राहकहरूले २ महिनाको निःशुल्क इन्टरनेट सेवाको बोनस प्राप्त गर्ने सक्नेछन् ।

यो अफर असार मसान्तसम्म उपलब्ध रहेको कम्पनीको भनाइ छ । ग्राहक सन्तुष्टि र ग्राहकको उत्तरदायित्व निर्वाहका लागि यो अफर ल्याएको भायानेटले बताएको छ ।

यसरी यस अफरमार्फत विद्यमान ग्राहकहरूले निर्बाध उच्च गतिको इन्टरनेटको मजा लिँदा थप बचत गर्न सक्ने कम्पनीले दाबी गरेको छ ।

भायानेट देश मै पहिलोपटक फाइबर इन्टरनेट घर-घरमा पुर्याउन सुरुवात गर्ने, पहिलो मल्टिगिग सेवा सुरु गर्ने, विगत २३ बर्ष देखी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रुपमा भरपर्दो सेवा र सकृय ग्राहक सपोर्टको लागि प्रख्यात रहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार १७:१२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।