काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका महासविच घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत छिट्टै पुराना दलहरूको जस्तै हुने टिप्पणी गरेका छन् । पुँजीवादी व्यवस्थामाथि प्रश्न नउठाउने जस्तोसुकै नयाँ राजनीतिक दलको हविगत पूरानाको जस्तै हुने उनको भनाइ थियो ।
एकीकृत समाजवादी निकट ‘समाजवादी पेशागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल पूँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलको रुपमा आएको रास्वपाको पनि छिट्टै बेहाल हुने बताए ।
‘अहिले स्वतन्त्र भन्ने जुन आइराख्या छ, तिनको पनि त्यही हविगत हुन्छ’, उनले भने, ‘किनभने ती कसैले पनि यो दलाल, पूँजीवादमाथि प्रश्न उठाएका छैनन्, सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन् ।’
प्रतिक्रिया