काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज (आइतबार) पनि सदन चल्न नदिने तयारी गरेको छ । आज दिउँसो १ बजेका लागि संसद् बैठक बोलाइएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गत बुधवारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने भएको हो ।
सत्तापक्ष र प्रतिपक्षबीच संसद् खुलाउने विषयमा सहमति हुन नसकेपछि शुक्रबारको बैठक पनि सूचना टाँस गरेर स्थगित भएको थियो । शुक्रवार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको थियो ।
यो बिचमा दलहरुबीच सहमति जुटाउन सभामुख घिमिरेले आग्रह गरेपनि दलहरुबीच कुनै छलफल भएको छैन । प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले पटक–पटक दिल्ली धाएको भनेर गत सोमबार दिएको अभिव्यक्ति राष्ट्रहीत विपरीत रहेको भन्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको हो ।




















प्रतिक्रिया