काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । आइतबार सिंहदरबारमा बसेकाे शीर्ष नेताहरुको बैठकपछि बुधबारदेखि जारी प्रतिनिधिसभाको अवरोध हट्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आज बसेको बैठकमा सङ्घीय संसदको अवरोध खुलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अब प्रधानमन्त्री प्रचण्डले संसद्मा आफ्नाे कुरा राख्ने छन् ।
गत बुधबारदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायतका दलले सङ्घीय संसदका दुवै सदनको बैठक अवरोध गर्दै आएका छन् । सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थिए ।
प्रधानमन्त्री प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक ३ बजेका लागि सारेका छन् ।
- याे पनि…
सिंहदरबारबाट सभामुखलाई प्रधानमन्त्रीकाे फाेन : प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो
एमालेद्वारा राष्ट्रियसभा बैठक आज पनि अवरुद्ध
प्रतिक्रिया