Logo

प्रमुख समाचार

कोशीको नयाँ सरकारविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नभ्याइनेमा परेको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर समेटेकोमा आपत्ति जनाउँदै एमालेले सर्वोच्चमा रिट हालेको छ ।

आज सुनुवाइका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका हुन् ।

९३ सदस्यी प्रदेशसभामा मुख्मन्त्रीमा दाबी गर्न कम्तिमा ४७ सांसदको आवश्यक हुनेमा गठबन्धनसँग ४६ सांसद मात्र भएपछि सभामुख गौतमलाई पनि सांसदका रुपमा गन्ती गरेर हस्ताक्षर गराइएको हो । सभामुख गौतमसमेको समर्थनपछि कांग्रेसका थापा बिहीबार मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आईतवार १४:०५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।