Logo

राजनीति

समरजंग कम्पनीका प्रमुख घिमिरे र नापी अधिकृत अर्याल पक्राउ



काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पक्राउ परेका छन् ।

अर्याल र घिमिरेलाई काठमाडौँबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन् ।

आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् । घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए ।

गृह मन्त्रालय मातहत रहेको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख (नासु) रमेश कुमार पोखरेल, पशुपति टिकिन्छा गुठीको नक्कली मोही देव नारायण महर्जन, तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका कर्मचारी घमान कुमार कार्की र ‘नक्कली मोही’ बाबुराजा महर्जन यसअघि पक्राउ परेका थिए ।

त्यस्तै, तत्कालीन नापी कार्यालयमा कार्यरत (नापी सर्वेक्षक) घमान कुमार कार्की, ‘नक्कली मोही’ बाबुराजा महर्जन र पूर्व निर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका थिए ।

प्रकाशित मिति : असार २४, २०८० आईतबार  ४ : २० बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।